• ‘अर्जुन रेड्डी’को नेपाली भर्सनमा रिमेक निर्देशन गर्दै बिशाल, जि २१ फिल्म्ससँग सहकार्य

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७६, बिहीबार

    काठमाडौं । तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।

    ुअर्जुन रेड्डीुको नेपाली रिमेकलाई निर्देशन गर्ने छन् विशाल सापकोटाले । सापकोटा निर्देशित चलचित्र ुसेल्फी किङु प्रदर्शनको सँघारमा रहेको छ । यसका साथै चलचित्र निर्माणमा ‘युवा फिल्म्स’सँग ‘जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ । ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए । यस अघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’ निकै सफल भएको थियो । यता ‘जि २१ फिल्म्स’को तर्फबाट आसिफ शाहले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए ।

    चलचित्रको लागी यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु