अर्जुन सापकोटाको लोभलाग्दो सफलता : ‘द भ्वाइस किड्स’का ‘कान्छा कोच’

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार २२:५४

काठमाडौं । गायक अर्जुन सापकोटा उमेरका हिसाबले २७ वर्ष मात्र पुग्दैछन् । सांगीतिक यात्रा तय गरेको जम्माजम्मी ७ वर्ष पुग्दैछ । तर यो समयमा उनले पाएको सफलताको मापन गर्दा उनी सर्वोच्च स्थानमा उभिएका छन् । उनले सार्वजनिक गर्ने प्राय सबै गीतहरुलाई दर्शक श्रोताले रुचाईदिन्छन् । मेला महोत्सवमा पनि ‘हाई डिमाण्डेड’ छन् । उनले गाएका तथा संगीतबद्ध गरेका धेरै गीतहरू स्रोतामाझ निकै लोकप्रिय छन् । जसमध्ये ‘बनकी चरी’, ‘बस्यौ अलक्कै’, ‘झलिको’, ‘पछ्यौरी लिसियो’, ‘डाँडैको टुनी’ लगायत गीतहरु लोकप्रिय बनेका छन् ।

यहि क्रममा उनको करिअरको अर्को सफलताको मापदण्ड बनेको छ लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स– सिजन ५’ । यस शोका लागि कोच ( निर्णायक) को रुपमा उनी आवद्ध भएका छन् । नेपालका लागि हुने ‘द भ्वाइस किड्स’को इतिहासमा छोटो सांगीतिक यात्रा र कम उमेरमा कोच बन्ने सम्भवतः उनी नै पहिलो हुन् । सामान्यतया ‘द भ्वाइस किड्स’ इतिहास नियाल्दा अन्य कोचहरु झण्डै अर्जुनको उमेर जति त करिअरको अनुभव संगालेका छन् ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स’ को पाँचौं सिजनको तयारी भइरहेको छ। यसैबीच, आयोजकले नयाँ सिजनका अर्जुन सहित चारजना कोच सार्वजनिक गरेको हो । यस सिजनमा गायक सत्यराज आचार्य, गायिका मिलन नेवार, वाङ्देन शेर्पासँगै अर्जुनले कोचको भूमिका निर्वाह गर्नेछन् ।

सत्यराज र मिलनको कोचको रूपमा निरन्तरता हो भने अर्जुन र वाङ्देन भने नयाँ हुन्। शो हिमालय टिभीबाट मार्फत छिट्टै प्रसारणमा आउने जनाइएको छ।
अर्जुनले यस मञ्चमा नेपालको मौलिक लोक संगीत र आफ्नो सांगीतिक अनुभवलाई प्रतिनिधित्व गर्दै स–साना बालप्रतिभाहरूलाई ‘गर्नेछन् । हाल नेपालकै चर्चित गायकहरुको पंक्तिमा कान्छा लोक गायकको रुपमा उनको नाम आउँछ । यतिबेला यस ‘शो’ कालागि समेत उनी कान्छा कोच बनेका छन् ।

उनी कम उमेरमै यति ठूलो सांगीतिक मञ्चको निर्णयक बनेकोमा धेरै दर्शक तथा सुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका छन् भने केहीले उनको उमेर र अनुभवलाई लिएर मिश्रित प्रतिक्रिया समेत जनाएका छन्।

अर्जुनको जन्म बुबा मणी सापकोटा र आमा दुर्गा सापकोटाको कोखबाट २०५५ माघ १२ गते (१९९९ जनवरी २६) नवलपरासीमा भएको हो ।
सानै उमेरदेखि गीत संगीतमा रुचि भए पनि सापकोटाले औपचारिक संगीतकर्म भने ७ वर्षअघि आफ्नै युट्युब च्यानलमार्फत देवी घर्ती मगरसँगको श्वरमा ‘वनकी चरी’ गीत सार्वजनिक गरेका थिए । यसपछि उनले पछाडि फर्केर हेर्ने परेको छैन, निरन्तर अगाडि बढिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु