अर्पणा श्रेष्ठको नयाँ गीत ‘माथि चौतारीमा कुरौला’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७६, सोमबार
Arpana Shrestha

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने केहि गीतहरु सार्वजनिक भैरहेका छन् । यसै क्रममा लोकप्रिय गायिकाअर्पणा श्रेष्ठले नयाँ गीत ‘माथि चौतारीमा कुरौला’ बोलको गीत सार्वजनिक गरेकी छिन् । सचिन थापाको शब्द, सगीत रहेको गीतको म्युजिक भिडियोमा सपना, सचिन, एलेक्स, सिदार्थ लगायतको अभिनय रहेको छ । गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन् जसले गीतलाई गहन बनाएका छन् ।

सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ । लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीतहरु र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । साथै उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसंग युगल गीत गाइसकेकी छिन् । जसलाई दर्शकले धेरै मन पराएका थिए । यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता, दर्शक एवं मिडिया हाउसलाई गायिका अर्पणाले आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु