राहुलले नचाए आँचललाई आयो दमदार भिडियो

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

काठमाण्डौ। गायक तथा संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम राईजिङ्ग सनु मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । गीतको भिडियोमा चर्चित दुई अनुहार अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ । आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका भिडियोमा देखिन्छन् । गीतको भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ । गीतमा केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ । गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु