
काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रकी चर्चित मोडल तथा डान्सर आरुषी मगर गम्भीर सामाजिक र पारिवारिक विवादको घेरामा परेकी छिन्। एक महिलाले सामाजिक सञ्जालमार्फत आरुषीले आफ्नो १६ वर्ष लामो वैवाहिक सम्बन्ध भत्काएर श्रीमान चोरेको गम्भीर आरोप लगाएपछि यो विषय मिडियामा तातिएको हो।
पीडित महिला कमला लिम्बु भण्डारीले सामाजिक सञ्जालमा रोएर न्याय माग्दै भिडियो सार्वजनिक गरेकी छिन्। उनका अनुसार उनका श्रीमान् प्रमोद भण्डारी र मोडल आरुषी मगरबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको छ, जसका कारण उनको हाँसखेलमा रमाइरहेको परिवार संकटमा परेको छ।
पीडित महिलाले भिडियोमा आरुषीमाथि मानसिक टर्चर दिएको समेत आरोप लगाएकी छिन्। आफूले श्रीमान्सँगका पारिवारिक तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा आरुषीले ‘हाहा’ (HAHA React) रियाक्ट गर्दै गिज्याउने र जिस्काउने गरेको उनको गुनासो छ।
यो भिडियो टिकटक र फेसबुकमा भाइरल भएपछि आम सर्वसाधारणले मोडल आरुषी मगरको कडा आलोचना गरिरहेका छन्। सेलिब्रेटी वा कलाकार भएर अरूको घरबार बिगार्नु अक्षम्य अपराध भएको भन्दै धेरैले पीडित महिलाको पक्षमा सहानुभूति र न्यायको माग गरेका छन्।
यो विवादले अनलाइन मिडिया र सामाजिक सञ्जालमा ठुलै रूप लिए पनि आरोपित मोडल आरुषी मगर वा प्रमोद भण्डारीका तर्फबाट अहिलेसम्म कुनै औपचारिक खण्डन वा प्रतिक्रिया बाहिर आएको छैन।