विवादै विवादका बीचमा दुई अर्थी लाग्ने गीत ‘केटी फस्यो’

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार १४:१२

काठमाडौं । केही समयअघि बजारमा आएको गीत हो ‘केटी फस्यो’ । केटी फस्यो गीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द एवं आशिष अबिरलको संगीत तथा संगीत संयोजन रहेको गीत अहिले बजारमा चर्चा बटुल्दै गरेको छ ।
‘केटी फस्यो’ गीतमा कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्माको साथमा जुना सुन्दास, धिरेन शाक्य, अनसुया वन्तको अभिनय रहेको छ । गीतको निर्देशन राजिव समरले गरेका हुन् भने नवराज उप्रेतीको छायाँकन रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका छन् ।
एकनारायण भण्डारी राम्रा गीतकार तथा संगीतकार हुन् । आधुनिक हुन् या लोकदोहोरी उनका सयौं गीत सदाबहार छन् । कोही कोही गीत दुईअर्थ लाग्ने भएका कारण पनि चर्चा हुने गरेको छ । सुन्दा मिठास भए पनि दुईअर्थ बुझाउने गरी गीत सिर्जना गरिएको देखिन्छ ‘केटी फस्यो’ मा पनि । ‘तिमी चुम्बक म हुँ फलाम तान्नु तानेकी छौं, स्वाङ पारेनि दुई चुम्बकले तान्नु तानेकी छौं’ जस्ता दुई अर्थ लाग्ने धेरै शब्द सिर्जना रहेका छन् ।
यता शब्दले दुई अर्थ लाग्ने भइरहँदा भिडियोतर्फ पनि मोडलहरुको लफडा सुटिङदेखि नै भएको बताइन्छ । मोडल आश्मा विश्वकर्मा र सरोज अधिकारीले सुटिङको समयदेखि पारिश्रमिकको विषयसम्म विवाद सिर्जना गरेको गायक आशिष अबिरल बताउँछन् । उनीहरुबीचमा मोडल जुना सुन्दासको इन्ट्रीले पनि विवाद सिर्जना भएको बुझिन्छ । जे होस् विभिन्न विवादबीच पनि गीत ‘केटी फस्यो’ले चर्चा बुटल्न सफल होस् शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु