गाउँदा गाउँदै भक्कानिँदै आँसु झारे सुमन र अस्मिताले, आखिर रहस्य के थियो ?

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७८, सोमबार
Ashmita Dallakoti_Suman Pariyar

काठमाडौं । पछिल्लो समय खुलेका धेरै लाइभ दोहोरी यूट्यूब च्यानलहरुमा फोहोरी र छाडा शब्दको प्रयोग गरेर कमाउने काम गर्दै आएका छन् । तर केही यूट्यूब च्यानलहरुले भने सभ्य रुपमा दोहोरीलाई प्रस्तुत गर्दै आएका पनि छन् । आज मात्र रिलिज भएको गायक राजु परियारको फोटो राखिएको लाइभ दोहोरी नेपाल अफिसियल यूट्यूब च्यानलबाट प्रसारित भएको लाइभ दोहोरी गीत मुटु जलाई जलाई’ले वास्तविक रुपमा धेरैको मुटु जलाएको छ ।
गायक सुमन परियार र गायिका अस्मिता डीसीको लाइभ दोहोरी गायनले सुन्ने र रेकर्ड गर्ने सबैलाई मार्मिक र भावुक बनायो । माया प्रेमको यथार्थ पीडा पोखिरहेको जस्तो लाग्ने लाइभ दोहोरीले उनीहरु दुवैजना रोएको देखिन्छ । हुन त उनी दुवैको कथा एकै ठाउँमा नजोडिएको भए पनि आ–आफ्नो तर्फबाट प्रेमी र प्रेमिकाले धोका दिएको कथाभित्र डुबेको जस्तो देखिन्छ । उनीहरुले गाइरहेको दोहोरी शब्दहरु सुरुबाट नै मायाप्रेम र वैवाहिक कुराहरुमा जोडिएको छ ।

तिम्लाई सधैं गलत नै मै लाउँछ
बाँसको डोली चढ्छु कि झैं लाउँछ

स्वीकार्नी भा सिन्दुर देउ सारी देउ
नस्वीकार्नी हो भनी मारिदेउ

गाउँदै जाँदा उनीहरुको यो शब्दमा दुवै जना रुन पुगेको देखिन्छ । वास्तविक रुपमा उनीहरुको मायाप्रेमको घटनाक्रम के थियो र यसरु रुन पुगे भन्ने कुरा उनीहरुभित्र नै सीमित छ । तर पनि दोहोरीको शब्द चयन, भाकासँगै उनीहरुका कहानीले पनि यथार्थपरक बनाइदिएको छ । पीडायुक्त भावमा गाइएको यो गीतलाई सार्वजनिक भएको छोटो समयमा नै धेरैले राम्रो प्रतिक्रिया दिएका छन् । छाडा शब्द भन्दा यथार्थपरक भावमा गाइएका गीतहरुले धेरैको मन छुने विश्वास लिइएको छ । त्यो भित्र गायक राजु परियारको फोटो राखिएको लाइभ दोहोरी नेपाल अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमध्ये यो गीत पनि पर्दछ ।
यस भाकाका वास्तविक सर्जक तथा गायक भने पुष्कल शर्मा हुन् । उनको सिर्जनामा रहेको यो लयमा गायक अस्मिता र सुमनले प्रत्यक्ष दोहोरी गाएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु