अशोक दर्जीको जीवनकथामा चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक, कार्तिक २१ बाट प्रदर्शन

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०८२, बिहीबार १४:३१

काठमाडों । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित चलचित्र ‘मनबिनाको धन’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथालाई देखाइएको छ । बालापनमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यदेखि अहिले स्कुल पढ्दाको अवस्थासम्म ट्रेलरमा समावेश गरिएको छ ।
सडकमा गीत गाउँदा गाउँदै एक मनकारीले उनलाई आश्रय दिन्छन् र पढाउँछन् । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् भन्ने विषयलाई देखाइएको छ । इटहरीको चोकबाट भुइँमान्छेको संघर्षलाई लिएर काठमाडौंसम्मको बसोबास र पढाइलाई उतारिएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर फिल्म हो ‘मनबिनाको धन’ । उनकै कथा र संगीत निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, बिना राउत, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्मातामा मिनु शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता छन् ।

टीकाराम बुढाथोकी क्रिएटिभ निर्देशक हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् । ‘मनबिनाको धन’ चलचित्र २१ कात्तिकदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु