राजन भुजेलले ल्याए पञ्चेबाजा गीत ‘म जन्मेको ठाउँ’, भिडियोमा सफल र हर्षिता

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार १९:११

काठमाडौं । गायक राजन भुजेल बिश्वकर्माले नयाँ पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । ‘म जन्मेको ठाउँ’ बोलको सार्वजनिक गीतमा राजन भुजेल र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा शब्द र संगीत समेत गायक भुजेलकै छ । आशिष अबिरलले संगीत संयोजन गरेको गीतलाई शिशिर परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट कृष्ण लामिछाने हुन् ।

पारिवारिक माहोल समेटिएको यस गीतको भिडियोमा गायक भुजेलका छोरा सफल भुजेल र बुहारी हर्षिता भुजेलको अभिनय देख्न सकिन्छ। मरुभूमि नारायण र अमृत महर्जनको छायांकन तथा रोशन धितालको सम्पादन रहेको यस भिडियोको निर्देशन स्वयं गायक भुजेलले नै गरेका छन् ।

गीतमा जहाँ गएनी, जहाँ भएनी आफ्नो जन्मभुमी प्यारो लाग्ने अनी आफ्नो जन्मभुमी, हुर्केको बढेको र पढेको ठाँउ बिर्सन नसकिने कुरालाई समेट्ने प्रयास गरेका छन्।

गायक भुजेलले हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । ‘लगनको महिनाले’, ‘मलाई त च्वाक केटी चाहिन्छ’, ‘शिरमा चन्दन’, ‘देउसी भैलो’, ‘शिरमा फूलै माया’ र ‘युके लण्डनमा’ जस्ता सिर्जनाहरू लोकप्रिय छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य, उपत्यका समन्वय अनामनगर समितिका सल्लाहकार तथा म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु