• ‘भोजपुर बजारमा’ लिएर आए वाङदी र अशोक

    म्यूजिक खबर
    प्रकाशित: ३ बैशाख २०८०, आईतवार

    काठमाडौं । गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘भोजपुर बजारमा’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मन मा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी सेर्पाको शब्द, गायक तथा सङ्गीत अशोक मुकारुङले लय भरेका हुन् ।

    स्वयम गीतकार वाङदी सेर्पाको स्वरमा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गरेका हुन् । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्डमेन्ट’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायाँकन र जीवन मुकारुङको सम्पादन छ ।

    भोजपुर जिल्लाको भाम्राङमा जन्मिनुभएका गायक तथा गीतकार वाङदी सेर्पा, आफ्नो अध्यन र ब्याबसायको शीलशिलामा केही समय धरान बसाइपछि, बिगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका छन् । परदेशको कार्यव्यस्तताबीच समयलाई सदुपयोग गर्दै नेपाली गीत सङ्गीतसँगै विभिन्न संघ सस्था र बिशषगरी सामाज सेवामा आफूलाई समर्पित गर्दै आएका छन् । उनले दुई दर्जन जति गीत लेखिसकेका छन् ।
    छोटो समयको लागि स्वदेश आएका गीतकार तथा गायक वाङदी सेर्पा आफ्नै शब्द र स्वरमा अब आउने गीती एल्बमको रेकडिङमा ब्यस्त छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु