प्रतिष्ठानको संगीत विभागले थाल्यो मौलिक लोक बाजाको पाठ्यसामग्री निर्माण अभियान

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७७, आईतवार
Ashok Loharung Rai

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी पाठ्य पुस्तक तयार पार्ने भएको छ । नेपालमा परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक तथ्यांक पनि छैन र पाठ्यसामग्री तयार हुन सकेको थिएन । अब भने मौलिक लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गर्ने अभियानमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक लोहारुङले बताए ।

नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सोसम्बन्धी पाठ्य पुस्तक तयार गरी प्रकाशन गर्ने योजना रहेको प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले बताए ।

प्राज्ञ राईले भने, ‘टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरूसम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्य पुस्तकले पूरा गर्नेछ ।’

सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको प्राज्ञ राईले बताए । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पु¥याउने संगीत विभाग प्रमुख अशोक राईले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु