प्राज्ञ राईद्वारा ओलाङचुङगोलाको वालुङ समुदायको मौलिक संस्कृतिको स्थलगत अध्ययन

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

ताप्लेजुङ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक लोहारुङ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरेका छन् ।
विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् । ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाका रहेको छ । भौगोलिक रूपमा अत्यन्त विकट रहेको प्रदेश नम्बर एक, ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा प्रचलित लोकभाकाले प्राज्ञ राईले अनुसन्धान गरेका हुन् ।

नेपालको रैथाने संस्कृति तथा लोकभाका वालुङ लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरी राजधानी फर्केका सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ राईले ओलाङचुङगोलामा बसोबास गर्दै आएको वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको सङ्कलन उक्त भाकाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गरिएको बताए ।

वालुङ लोकभाकालाई प्राज्ञिक सम्पत्ति बनाइने र वालुङ समुदायको सस्कार सस्कृतिका तस्बिर राखि बृतचित्रबनाई अभिलेख राखिने प्राज्ञ राईको योजना रहेको छ । वालुङ जातिमा घर सर्ने संस्कार, विवाह संस्कार र भेटघाट रमाइलो गर्ने संस्कारसँग सम्बन्धित फरक फरक लोकसङ्गीत तथा लोकभाका प्रचलनमा रहेको तर हाल विविध कारण लोपोन्मुख अवस्था पुगेको पाएको पनि राईले बताए ।

प्राज्ञ राईलाई अध्ययन, अनुसन्धान र सङ्कलनका लागि स्थानीय लोचक लामा रइतले सहजीकरण गरेका थिए भने स्थानीय याङमाक नुपुले लोकभाकाहरू संकलन गर्न सहयोग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु