• विश्वकै अग्लो भवन अगाडि रोमाण्टिक बन्दै अस्मिता र महेशले गरे फिल्मी शैलीमा ‘इन्गेज्मेन्ट’

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०८१, बुधबार

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले बीच प्रेम सम्बन्ध रहेको चर्चा बेलाबखतमा हुने गरेको थियो । यतिबेला दुबईमा रहेका यी दुईले आफूहरु प्रेममा रहेको स्वीकारेका मात्र छैनन् विवाहको निर्णय पनि लिएका छन् ।

    अस्मिता र महेशले दुबई पुगेका बेला बिहे गर्ने निर्णसहित इन्गेजमेन्ट गरेका छन् ।

    दुबईमा हुन लागेको सांगीतिक कार्यक्रममा गीत गाउन पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

    उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका छन् ।

    विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए ।

    त्यसपछि अस्मिताले दुई आत्मा एक भएको कुरा लेखेकी छन् । उनले आफूहरू सधैँका लागि एक भएको पनि बताएकी छन् ।
    यहि क्रममा दुबईमै रहेका गीतकार दयाराम पाण्डेले उनीहरुले औंठी लगाइदिएको भिडियो पनि शेयर गरेका छन् । भिडियोमा दुबै जना निकै खुशी र रोमाण्टिक देखिएका छन् ।
    उनीहरूले पछिल्लो समय सांगीतिक करिअरलाई मिलेर अघि बढाइरहेका थिए । यसअघिबाटै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् । गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै अघि बढेका उनीहरूले बिहेको निर्णय लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु