अस्मिता अधिकारीको ‘तिम्रो मायाले बाँधेर राख’ सार्वजनिक(भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार

रवि मल्लको शब्द रचनामा नेपाल आइडल दोस्रो सिजनकी चौथो(थर्डरनरअप) अस्मिता अधिकारीको पहिलो म्युजिक भिडियो ‘तिम्रो मायाले बाँधेर राख’ सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियोमा अस्मिता आफैँ देखिएकी छिन् भने एमयुए दीपसन परियारले गरेका छन्। भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् भने सुट तथा डिरेक्शन अनिल कुमार मानन्धरले गरेका छन्। गीतलाई भरत करियाले कम्पोज गरेका हुन् भने अल्मोडा रानाले एरेन्ज गरेका हुन्। अडियो भर्सनको रेकर्डिङ अजय कार्कीले गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङरमास्टरिङ गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु