• भरत र अस्मिताको ‘सिमसिम पानी’

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

    काठमाडौं । गायिका अस्मिता श्रेष्ठको स्वरमा ‘सिमसिम पानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बरिष्ठ सञ्चारकर्मी एवं गीतकार भरत बमजनको शब्द रहेको नयाँ गीतमा नुच्छे महर्जनको संगीत रहेको छ ।
    केबि भण्डारीको एरेन्ज, मनोज परियारको मिक्सिङ गरेको गीतलाई सुर संगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
    बिनोद बमको निर्देशन तथा शिशिर बुढाथोकीको नृत्य निर्देशन रहेको गीतको भिडियोमा रामकुमार प्रधान र देबिका बोहराको अभिनय रहेको छ । सन्तोष तिमल्सिनाले छायांकन गरेको भिडियोलाई सम्पादन समेत बिनोद बमले नै गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु