
काठमाडौं । एकपछि अर्को दोहोरी गीतले बजारमा चर्चा बटुल्दै गर्दा अर्को एउटा गीत आएको छ ‘औंठी बेरुवाको’ । लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय शब्दमा बजारमा आएको लोक दोहोरी गीत हो ‘औंठी बेरुवाको’ ।
‘औठी बेरुवाको’ बोल रहेको उक्त गीतमा खेम सेन्चुरी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । आशिष अबिरलको संगीत संयोजनमा तयार भएको यो गीतले पनि सालको पात, लालुमै जस्तै दोहोरीको ट्रेन्डलाई पछ्याउँदै ‘ट्रेन्डिङ’को यात्रालाई पछ्याइरहेको छ । म्युजिक भिडियोमा खेम सेन्चुरी, बिनोद भण्डारी, ओबी रायमाझी, सम्झना भण्डारी लगायतको अभिनय रहेको छ ।
पृथ्वी इन्टरटेनमेन्टले यो गीतको बजार व्यवस्थापन गरेको छ । भिडियोको निर्देशन चर्चित निर्देशक शिव बिकले गरेका छन् । युट्युबमा अपलोड गरेको छोटो समयमानै दर्शकको राम्रो साथ पाएको यो गीतले प्रतिक्रिया पनि सकारात्मक पाएको छ ।
पुरानो भाकामा केहि नयाँपन दिएर तयार भएको गीतको मौलिकतालाई सबैले मन पराएका छन् भने युट्युवमा पनि प्रतिक्रिया राम्रो बटुलेको छ ।
https://www.youtube.com/watch?v=7Tw3zVdsrdk&t=1377s