‘सानो मन’ रिलीज मिति एक हप्ता पछि सर्‍यो

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७६, बुधबार

काठमाण्डौ। अब नेपाली चलचित्र ‘सानो मन’ असार २७ गते रिलीज हुने भएको छ । यसअघि असार २० गते रिलीज हुने भनिएको थियो । प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको निर्माण पक्षले जनाएको छ ।’हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ’, निर्माता राजेन्द्र मानन्धरले बताए । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् ।
म्युजिकल लभस्टोरी रहेको यस चलचित्रका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भईसकेका छन् ।

2x5_1.jpg
2x5_B_Print.jpg
3×9.jpg
5×10.jpg
6×12.jpg
6×14.jpg
8×12.jpg
8×20.jpg
8×35.jpg
9×4.jpg
10×20.jpg
20×15.jpg
30x40_A.jpg
30x40_B.jpg
30x40_C.jpg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु