लकडाउनमा आयो बबिता बानियाँको ‘चरी चुइँया’

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं । लकडाउनको समयमा गीतसंगीतहरु बजारमा कमै मात्रामा आइरहेका छन् । लकडाउन अगाडि रेकर्डिङ एवं छायाँकन भएर बसेका गीतहरु लकडाउनको समयमा बजारमा सार्वजनिक भइरहेका हुन् । त्यही क्रममा चर्चित दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले नयाँ गीत ‘चरि चुइँया’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । जेरी इन्टरटेनमेन्टबाट बजारमा आएको यो गीत काठे भाकामा आधारित रहेको दोहोरी गीत हो ।

यस दोहोरी गीतको शब्द जेरी आफैंले लेखेकी छन् भने विष्णु तामाङको संगीत रहेको छ । गीतमा बबिता बानियाँ ‘जेरी’, विजय बानियाँ र अञ्जु पुडासैनीको स्वर रहेको छ ।

यस गीतको म्यूजिक भिडियोलाई प्रकाश कँडेलले निर्देशन गरेका छन् भने सुशिल डाँगीले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोमा शंकर क्षेत्री, सरस्वती गुरुङ, टीका श्रेष्ठ, विमल पाठक र विष्णु क्षेत्रीको अभिनय रहेको छ । भिडियो बबिता बानियाँ ‘जेरी’को यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु