बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदका लागि क्षेत्रीले दशैं अगाडि नै अदालतमा उजुरी दिएका थिए । तर जेरीले भने सम्बन्ध विच्छेको नगर्ने कुरा आएपछि अदालती प्रक्रिया ढिलाइ भएको थियो । क्षेत्रीले अरुसँग प्रेम सम्बन्ध राखेको भन्दै पटक पटक उनीहरुको विषयमा विवादको कुराहरु आएको भए पनि अन्ततः उनीहरुबीच औपचारिक रुपमा सम्बन्ध बिच्छेद भएको छ ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । सम्बन्ध विच्छेद भएपछि जेरीले मिडियासँग कुरा गर्दै मैले मानसिक तानव धेरै सहेर पनि अझै पारिवारिक रुपमा मिलेर बसौं भन्दा पनि श्रीमानको गतिविधिमा सुधार नआएपछि गलत मान्छेलाई प्रेम गरेको रहेछु भन्ने महसुस भयो र सम्बन्ध बिच्छेद गर्नुपरेको बताएकी छन् ।
जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु