बबिता श्रेष्ठको निर्देशनमा ‘फूल हौ तिमी’ सार्वजनिक, भिडियोमा दिपेन्द्र र प्रियाको जोडी

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार १८:३६

काठमाडौं । नेपाली सुगम संगीतको क्षेत्रमा एक नयाँ इँटा थप्दै गीतकार राजेन्द्र पुरीको उत्कृष्ट शब्द रचनामा तयार भएको आधुनिक गीत ‘फूल हौ तिमी’ सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो सुमधुर ड्युएट गीतलाई हालै एक विशेष कार्यक्रमका बीच डिजिटल बजारमा ल्याइएको हो ।

सार्वजनिक गीतमा युवा गायक अंकित गिरी र गायिका लक्ष्मी स्याङ्तान तामाङको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई संगीतकार कमल घलेको कर्णप्रिय संगीतले सजाएका छन् भने संगीत संयोजनको जिम्मा सन्तोष प्रगाढ राईले सम्हालेका छन् । गीतको अडियो जति उत्कृष्ट छ, यसको भिडियोलाई पनि उत्तिकै आकर्षक र फिल्मी शैलीमा तयार पारिएको छ।

निर्देशक बबिता श्रेष्ठको कलात्मक निर्देशनमा बनेको यस म्युजिक भिडियोमा अभिनेता दिपेन्द्र राज गिरी र मोडल प्रिया गौतमको मुख्य अभिनय रहेको छ । भिडियोमा यी दुई कलाकारबीचको रोमान्टिक केमेस्ट्री र उत्कृष्ट नृत्य कलालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। सुनील भण्डारीले छायांकन गरेको यस भिडियोको सम्पादन तथा रंग संयोजन विकास दाहालले गरेका हुन् ।

गीत सार्वजनिक भए लगत्तै श्रोता तथा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतलाई कमल घले युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु