तेजुलालाई ‘ओई कान्छी’ भन्दै आए बाबु

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ११ फागुन । एकपछि अर्काे हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक बाबु बोगटीको स्वर, संगीत रहेको ‘ओई कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका तेजुला खतिवडासँग बाबुले स्क्रिन सेयर गरेका छन् ।

पवन सुस्लिंगले खिचेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् ।
भिडियोमा बाबु बोगटी, तेजुला खतिवडा, मुना निरौला त्रिपाठी आदिको अभिनय रहेको छ ।

भिडियो सार्वजनिक गरे लगतै अभिनेत्री तेजुला खतिवडा लण्डन प्रस्तान गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु