बाबु बोगटीको आफ्नै पनमा दमदार गीत ‘टिकुली’

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

काठमाडौं । सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन् । उनका हरेक गीतमा आफ्नै शैली पाइन्छ । यो गीतमा पनि बाबु बोगटीको आफ्नोपन देख्न/ सुन्न सकिन्छ । गीतलाई बाबुले आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट सार्वजनिक गरेका हुन् ।

रमाईलो पारामा बनाईएको गीतलाई आवाज र संगीत बाबु बोगटीले नै दिएका छन् । अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन् । गीत जति उत्कृष्ट छ, भिडियामा पनि उतिकै प्रस्तुत गरेका छन् गम्भीर बिष्टले ।

अहिलेकी चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गीतमा अभिनय गरेका छन् । बाबु बोगटीको आफ्नै स्वाद पाइन्छ गीतमा ।

 

बाबु बाेगटीकाे १० वर्ष अगाडिको “सिउदो” गीत सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु