बाबुराम र रञ्जिताको गुनासो अर्को जुनी कसम पाइँदैन

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७७, शनिबार

काठमाडौं । मान्छे धन सम्पत्ति भए पुग्छ तर धनसम्पत्ति केही होइन भन्ने सन्देश एकातिर छ भने अर्को जुनी कसम पाइँदैन भन्दै जिन्दगीको दुःखसुखको यात्रालाई गीतमार्फत पोखिएको छ ‘कसम पाइँदैन’ । अर्को जुनी भन्ने कुरा कसैले पनि देखेको छैन यही जुनीमा जे हुनु छ हुनुपर्छ भन्ने गीतको भावको म्यूजिक भिडियोमा डुब्न सफल भएका मोडल बाबुराम बोहरा र रञ्जिता गुरुङ । म्यूजिक भिडियोमा बाबुराम बोहरा, रञ्जिता गुरुङको साथमा अभिनेता सुनिल थापा, अभिनेत्री बसुन्धरा भुसाल, बाल गायिका आयुषा गौतम र मिराज बोहराको अभिनय रहेको छ ।


‘कसम पाइँदैन’ गीतमा लोकप्रिय गायक खुमन अधिकारी र पछिल्लो पुस्ताकी आशालाग्दी प्रतिभा समिक्षा अधिकारीको स्वर रहेको छ । बाबुराम बोहराको शब्द रहेको उक्त गीतलाई खुमन अधिकारीले संगीत दिएका छन् ।

भिडियोलाई मोडल तथा गीतकार बाबुराम बोहराले नै निर्देशन गरेका छन् । भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने नविन घर्तीले भिडियोको सम्पादन गरेका छन् । ‘कसम पाइँदैन’ गीतलाई तिर्सना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु