‘बाटो हेरी नरोउ आमा’ भन्दै बद्री पंगेनीले पोखे पीडा

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

काठमाडौं । बिदेशिएका युवावर्गको पीडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी अति नै मार्मिक यस गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई क्रान्ति के.सी.ले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा निराजन के.सी.को सहनिर्देशन रहेको छ ।

चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् ‘बाटो हेरी नरौ है आमा…’ बोलको भिडियो हेर्दा । पछिल्लो समय उत्कृष्ट श्रृर्जना पस्कदै चर्चामा रहेका दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत रहेको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिको अभिनयसमेत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु