पुर्णकला र बद्री पंगेनीको ‘क्रिकेट रङ्गशाला’ गीत सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

गायक बद्री  र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सफल बनाउन सबैलाई नेपालीलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । यो गीतलाई  दुर्गा पंगेनीले लेखेका हुन् भने सङ्गीत बद्री पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु