• भव्य रुपमा सम्पन्न भयो बहराईनमा नेपाली सांगीतिक साँझ–२०१९

    म्यूजिक खबर
    प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार

    कृष्ण हमाल /बहराइन

    मुश्लिम धर्मावलम्बीहरुको महानपर्व इदको उपलक्ष्यमा नेपाली क्लब बहराइनले आयोजना गरेको ‘नेपाली सांगीतिक साँझ– २०१९’ गत ४ जुन २०१९ का दिन डेल्मोन ईन्टरनेशनल होटलमा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रम नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ ज्युको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका महामहिम राजदुत पदम सुन्दास ज्यु, विशेष अतिथि नेपाली क्लब बहराइनका संस्थापक संरक्षक एवं वरिष्ठ समाजसेवी गम बहादुर गुरुङ, बिषेश अतिथि नेपाली क्लब बहराइनका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक तथा व्यावसायी दुर्गा बहादुर गिरी साथै एनआरएनए बहराइनका अध्यक्ष लाल प्रसाद पुन रहेको थियो । औपचारिक कार्यक्रमको संचालन महासचिव राजु पहारीले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संघ संस्था संगठनका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकारहरु, व्यावसायीहरु लगायत कार्यक्रम प्रायोजन गर्ने सहयोगीहरु एवं बहराइनमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियोे ।

    Baharain Nepali
    कार्यक्रमको प्रमुख अतिथि महामहिम पदम सुन्दास ज्यु बाट पानसमा बत्ती बाल्दै, बिषेश अतिथिहरु एवं कार्यक्रमका सभापतिले सामुहिक रुपमा राष्ट्रिय गीतको धुन सगै कार्यक्रमको समुदघाटन गरेका थिए । त्यस सगै क्लबका उपाध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका बिषेश एनआरएनए का अध्यक्ष लाल पुन, संस्थापक संरक्षक एवं वरिष्ठ समाजसेवी गम बहादुर गुरुङ, कार्यक्रम संयोजक दुर्गा बहादुर गिरी, प्रमुख अतिथि महामहिम पदम सुन्दास ज्यु एवं कार्यक्रमका सभापति कमल श्रेष्ठले मन्तव्य दिएका थिए । औपचारिक कार्यक्रम सकिए सगै सांगीतिक कार्यक्रमको संचालन क्लबका सांस्कृतिक सचिब कृष्ण खाँम्चा मगर एवं सल्लाहकार, लोक दोहोरी गायक असिम महतले सामुहिक रुपमा संचालन गर्दै स्थानीय नेपाली कलाकारहरु बाट पहिलो सांगीतिक कोसेलीको रुपमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

    Baharain Nepali

    कार्यक्रमको दोस्रो चरणमा नेपाल देखी आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु लोक दोहोरी गायक प्रसाद खप्तरी मगरले कार्यक्रमको दैलो उघारेका उनले आधा दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । मोफसलमा चर्चाको शिखरमा रहेकी मोडेल तथा डान्सर अञ्जली अधिकारीले भने बहराइनमा अहिलेसम्मकै उत्कृष्ट र बेजोड नृत्य प्रस्तुत गरेर इतिहास रचेर फर्कन सफल भइन । उनी द्वारा अभिनित म्युजिक भिडियो गलबन्दी यो हप्ता भरी नै युटुबको ट्रेन्डिङमा रहेको र गलबन्दीको लजालुपनले बहराइनमा बेग्लै छाप छोडेर जान सफल भईन् । उनको नृत्यमा ओनस मोर नभएको कुनै प्रस्तुति रहेन । बहुचर्चित पार्स्व गायिका अन्जु पन्त आफ्नो कोकिलकन्ठ स्वरको जादुले सबैलाई मन्त्रमुग्ध बनाउन सफल बनाउन सफल भइन् । कतिपय दर्शकहरु अञ्जु पन्तको आवाज रेडियो टेलिभिजनमा सुनेको भए पनि कार्यक्रममा प्रत्यक्ष सुन्न पाउँदा सबै खुशी देखिएका थिए । अञ्जु पन्तले आफ्नो हिट हिट गीतहरु झन्डै दुई दर्जन जति पस्केर सबैलाई मनोरञ्जन दिन सफल भइन् । अन्त्यमा नेपालदेखि आमन्त्रित कलाकारहरुलाई मायाको चिनो र सम्मान पत्र साथै कार्यक्रम मुख्य प्रायोजन गर्ने कम्पनीहरु सगै स्थानीय कलाकारहरुलाई सम्मान पत्र वितरण गरी कार्यक्रमको बिसर्जन भएको थियो । समग्रमा ूनेपाली सांगीतिक साँझ– २०१९” भब्य, सभ्य र शान्तिपुर्ण सांगीतिक माहोलमा सम्पन्न भएको थियो ।

     

     

     

    तस्वीर सौजन्य कृष्ण गुरुङ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु