• बहराइनमा उभौली साकेला यलेदोङ – ५०७९ सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार

    कृष्ण हमाल / बहराइन

    ९ जुन २०१९

    किराँत राई योयोख्या बहराइनको आयोजनामा ७ जुन २०१९ का दिन बहराइनमा रहेकोे आस्री समुन्द्री किनारमा सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व धन कुमार राई , प्रमुख अतिथि नेपाली राजदुतावास बहराईनका महामहिम राजदूत पदम सुन्दास , श्रीमती अमृता सुन्दास , तृतीय सचीव रुउष कार्की तथा संचालन महासचिव मिलन राइले गरेका थिए ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाती महासघ बहराइनका अध्यक्ष झहरमान थेबे , एन आर एन ए बहराइनका अध्यक्ष लाल प्रसाद पुन , नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ , वरिष्ठ समाजसेवी गम बहादुर गुरुङ , समाजसेवी तथा ब्यवसायी दुर्गा गिरी , लगायत सम्पुर्ण जातीय, बैचारिक, सामाजिक तथा साँस्कृतिक संघ-संस्था का अध्यक्षहरु एवं प्रतिनिधि हरू, कलाकारहरू, पत्रकारहरू लगाएत कार्यक्रममा उपस्थित तमाम साकेला सिलि प्रेमि नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै, उभौली साकेला २०७६ तथा यलेदोङ -५०७९ को अबसरमा हामिलाइ शुभकामना दिदै शुभ-कामना मन्तव्य राखि दिनुहुने नेपाली दूतावास बहराईनका महामहिम राजदूत पदम सुन्दास , नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ , तथा नेपाल आदिवासी जनजाति महासघ प्रबास शाखा बहराइनका अध्यक्ष झहरमान थेबे लगायतले दिएका थिए ।

    आफ्नो भाषा , कला, सस्कार, सस्कृती र परम्परालाइ जिवन्त राख्ने उदेश्यका साथ साकेला सिलि प्रस्तुत गर्नु हुने नछुङ वचन राई , सिलिमोपा , पेशल राई र सिलिमोमा सानू राई , किराती दाजुभाइ तथा किरातिम्मा चेलीहरु लगाएत कार्यक्रमको अन्तिमसम्म साकेला नाचेर कार्यक्रम स्थल आस्रीलाई नेपालीमय बनाएका थिए । किरात राई यायोक्खा प्रबास शाखा बहराइन द्वारा किरातीहरुको महान चाड साकेला/साकेवा/ साकेन्वा, चासुवा, स्याँदर पिदार, यक्वा तङ्नाम, युच्याङ, भूमेपूजा उभौली – २०७६ अर्थात किराँती यलेसम्वत/ यलेदोङ-५०७९ को पावन अबसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु