• बाहिर माया देखाएर भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ९ असार २०७५, शनिबार

    ९ असार, काठमाडौं
    बाहिर माया देखाएर मनमा विष साँच्ने रैछौ
    तिमी मेरो मुटु भन्थ्यौ मुटुबिनै बाँच्ने रैछौ ।
    गीतकार साइरा मगरको शब्द रचनामा मित्र केसीको संगीतमा रहेको गीत बाहिर माया देखाएरको भिडियो सार्वजनिक भएको छ । जसमा गायिका काव्य आचार्यको स्वर रहेको छ भने सञ्जय हमालले यस गीतको एरेन्ज गरेका छन् । गीतलाई ह्वाइट पिजन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

    गहिराईमा पुगेको मायाप्रेममा पाएको धोकाको कथालाई यस गीतमा प्रस्तुत गरिएको छ । गीतको म्यूजिक भिडियोलाई एकान्त मगरले निर्देशन गरेका छन् । भिडियोलाई सानी सुनुवारले छायाँकन गरेकी छन् भने एकान्त मगरकै सम्पादन रहेको छ । भिडियोमा गीतकार साइरा मगर आफैंले अभिनय गरेकी छन् भने उनका साथमा पन्थ लामा र विवेक मगरको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु