बैकुण्ठ महतको ‘सुपारी चुइगम’ साह्रो होला कि नरम ? (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय गीतहरु एकपछि अर्को प्रतिस्पर्धात्मक बनेर आइरहँदा बैकुण्ठ महत पनि देखा परेका छन् । एकनारायण भण्डारीको शब्द, संगीतमा तयार भएको गीत ‘सुपारी चुइगम’मा बैकुण्ठ महत र देवी घर्तीको स्वर रहेको गीत बिन्ध्यावासिनी म्युजिकबाट बजारमा आएको हो । बैकुण्ठ महत आफूलाई संख्यात्मकता भन्दा बढी गुणात्मकतामा ध्यान दिने गायक हुन् । गत वर्ष मात्र उनको दुई कुराले ठग्यो गीतले राम्रो सफलता पायो ।

भिडियोमा निर्देशक शंकर बिसी रहेका छन् । भिडियोमा शंकर बिसी र रीना थापा मगरको उत्कृष्ट नृत्य एवं अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन रहेको यो भिडियोलाई नवीन घर्ती मगरको रहेको छ ।

भर्खरै मात्र एकनारायण भण्डारीकै छिपछिपे पानीमा लेउ आएको हप्ता दिनपछि उनकै सिर्जना बजारमा आउँदा स्रोताहरुको मन जित्ला वा नजित्ला त्यो भने सोचनीय बनेको छ । गायक गायिका फरक भए पनि सर्जक आफू आफैंमा प्रतिस्पर्धामा पर्ने हुँदा प्रतिफल खोज्नेहरु भने द्विविधामा पक्कै रहने देखिन्छ । जे होस् नयाँपनका साथ नयाँ नयाँ सिर्जना आउनु गीत संगीत क्षेत्रका लागि राम्रो कुरा हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु