कस्तो रहेछ त हेमन्त कान्छाको बालापन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७६, शनिबार

काठमाडौं । सारंगी बादकको परिचय बोकेर नेपाली गीतसंगीतमा दौडिरहेका गायक हेमन्त कान्छा रसाइलीको बालापन कस्तो होला भन्ने कुरा भिडियो हेरेपछि प्रष्ट हुन्छ । गीतमा बालापनको हरेक क्रियाकलाप लाई खोतल्दै आफ्नो आमा बाबाले देखेको सपना पुरा गर्न नसकेर परदेशी भएको कथा प्रस्तुत गरिएको छ ।

 

हेमन्तकै लय शब्द र स्वरमा तयार भएको गीतको म्युजिक भिडियोमा पनि हेमन्त कान्छा रसाइली स्वयम् देखिएका छन् । उनीसँगै आरुष भुसाल, अभिषेक रसाइली, खेम घर्ति, कृष्ण खड्का र राजेन्द्र महराको पनि अभिनय देख्न सकिन्छ । बालापन बोलको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु