• बालेनको समर्थनमा गीत ‘लौरो टेकौला’

    म्यूजिक खबर
    प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

    काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ ।

    यहि समयमा साहको समर्थनमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ ।

    काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ ।

    सार्वजनिक भएकाे गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ ।

    गीतको भिडियोसमेत छ । जसमा बालेनका चुनावी गतिविधिहरू समेटिएका छन् ।

    गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथीसमेत भएको चर्चा गरेको छ । सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहिनको आवाज बन्न समेत अनुरोध गरिएको छ ।

    रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु