• बलीले ल्याए पृथक शैलीको गीत ‘हेलो माई हर्ट’

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०८०, आईतवार

    काठमाडौं । नेपाली सांगीतिक बजारमा अंग्रेजी भाषामा पृथक शैलीको गीत ‘हेलो माई हर्ट’ सार्वजनिक भएको छ । यस गीतमा बली गुरुङको शब्द, संगीत र स्वर रहेको छ ।

    बली गुरुङको जन्म भुटानमा भएको हो । नेपालको २० बर्र्षपछि अर्थात सन् २०१२ मार्च १ तारिखमा अमेरिका प्रबेश गरेका हुन् । सानै देखी नेपाली र अंग्रेजी गीत संगीतमा रुची राख्ने उनले अंगेजी भाषाको गीत सार्वजनिक गरेका छन् भने अर्को पटक नेपाली गीत बजारमा ल्याउने सोच भएको उनले बताए ।

    अंग्रेजी भाषामा रहेको गीत ‘हेलो माई हर्ट’ मा राजु कार्कीको एरेञ्ज रहेको छ । गीतको भिडियोमा बली गुरुङ कै निर्देशन रहेको छ भने बुद्धि राईको छायांकन, भुवन क्षत्रीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बली राई र अम्बेर स्मिथको अभिनय रहेको छ ।

    यस गीतलाई बली गुरुङकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतको भिडियोको छायांकन अमेरिकाको बिभिन्न रमणिय स्थलहरुमा गरिएको हो ।

    हेर्नुहोस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु