बानिका र गायक किशोरको इलामैको चिया बगान

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०८०, शनिबार

काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको इलामैको चिया बगान बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक शिवाकोटी र गायिका बानिका प्रधानको स्वर रहेको सार्वजनिक गीतमा गायक शिवाकोटी स्वयम, सर्वजीत राई र शिव माप्चनको शब्द शृजना रहेको छ । गायक शिवाकोटी स्वयमकै संगीत रहेको सार्वजनिक गीतमा एरेन्ज पबिधन खालिङको रहेको छ । त्यस्तै गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ ।

भिडियोमा सुन्दर नगरी इलामको सुन्दर र रोमाञ्चक दृश्यका अलावा चिया बगान भित्र हुने रमाइला र सुख दुखका दृश्यलाई निर्देशक कमल राईले कलात्मक शैलीमा देखाएका छन् । भिडियोमा जंग मगर र नग्मा श्रेष्ठ गज्जबसँग खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई बुनिएको छ ।

चियाका मुना टिप्न गएका वैँशालु युवा युवतीहरु चिया टिप्दा टिप्दै प्रेममा परेको र समयक्रमले उनीहरु विबाह बन्धनमा बाँधिएको रमाइलो कथालाई भिडियोमा देखाइएको छ । फिल्मी शैलीमा तयार पारिएको ईलामैको चिया बगानले राईहरुको संस्कृति र स्थानीय परम्परालाई पनि झल्काउने काम गरेको छ ।

सार्वजनिक भिडियोको छायांकन र सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माका अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर , भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो गायक शिवाकोटी स्वयमकै अफिसियल च्यानल के के म्यूजिकबाट बजारमा आएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु