• चेतन, मनोहर र बानिकाको हिजो आज

    म्यूजिक खवर
    प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

    काठमाडौं । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको छ । लकडाउनको समयमा गीतसंगीतहरु खासै बजारमा नदेखिए पनि गीतकार खतिवडाले भने यो गीतलाई सार्वजनिक गरेका हुन् । हिजो आज गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ भने बानिका प्रधानको स्वर रहेको छ । गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका हुन् ।

    स्टुडियो साउन्ड डिजाइनमा रेकर्ड गरिएको उक्त गीतको भिडियोको छायाँकन तथा सम्पादन सुरेश पन्तको रहेको छ । यो गीतको भिडियो म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो ।
    गीतकार चेतन खतिवडाका योभन्दा पहिला पनि धेरै गीतहरु बजारमा आइसकेका छन् । गीतकार संघ नेपालको कार्यसमिति सदस्यसमेत रहेका खतिवडा पछिल्लो समय आफ्नो गीति लेखनलाई बजारमा सशक्त रुपमा उतारिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु