बिनोद पछाई र विजया गुरुङ्गको ‘औला गन्दैछु म’ सार्वजनिक ! (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको ‘औला गन्दैछु म’ वोलको गीतको म्यूजिक भिडियो आजबाट नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र अहिलेका चर्चित मोडल आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ ।
एल्वम मोसन अफ लभमा रहेका पाचवटा गीत मध्ये तिम्रा हजार गल्ती वोलको गीतको म्यूजिक भिडियो यसअघिनै सार्वजनिक भइसकेको छ । औला गन्दैछु गीत प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको देखाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु