वसन्तको नयाँ गीत ‘सम्बनध’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

सङ्गीतकार वसन्त सापकोटाको नयाँ गीत ‘सम्बन्ध’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्तसँगै एलिना चुहान, सुजता वेर्मा र बेनिशा पौडेलकको स्वर रहेको छ । गीतको शब्द स्वप्लिन बरालको रहेको छ । एक अर्कको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ । भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर छन् । भिडियोमा वसन्त पनि देखिएका छन् । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा अर्जुन तिवारी र उनको टिमले खिचेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोको सहायक निर्देशक राजिव समर हुन् ।गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् । भने मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु