बसन्त थापाको “खेतमा बोकेझार” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । चर्चित गीत सालको पात का संगीतकार तथा गायक बसन्त थापाको बहुप्रतिक्षित गीत “खेतमा बोकेझार ”बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । सालको पातको गीत एकाएक हिट भैसकेपछि पछाडी फर्केर हेर्न नपरेका गायक तथा संगीतकार बसन्त थापाको यो गीतलाई लाखौँ दर्शकले बिगत २ महिना देखि कुरेर बसेका थिए । उक्त गीतमा प्रह्लाद सुबेदीले रचना रहेको छ भने सोही गीतमा विष्णु माझी र बसन्त थापाको स्वर रहेको छ ।

त्यस्तै उक्त गीतमा संगीत पनि थापाकै रहेको छ । खेतमा बुके झार बोलको गीतको भिडियोलाई पछिल्लो समयका हिट डान्सर सुनिल क्षेत्रीले गरेका हुन भने सोही गीतको भिडियोमा भद्रगोल सिरियलकी रक्षा श्रेष्ठ र निर्देशक सुनिलकै अभिनय रहेको छ ।“खेतमा बोकेझार ” बोलको गीतलाई बसन्त थापा युट्युबच्यानल मार्फत सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु