
‘उही खोलीमा पानी‘ , ‘सालको पात‘, ‘लोभी आँखा’, ‘बोकेझार‘ जस्ता थुप्रै चर्चित गीत सार्वजनिक गरेका गायक/संगीतकार बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौंला हजारैले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक थापाकै युट्युब च्यानल बसन्त थापामार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गायक थापालाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन्।
प्रल्हाद सुवेदीको शब्द, गायक थापाकै लय रहेको गीतमा आशीष अविरलले संगीत संयोजन गरेका छन्।
गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन्।
भिडियोको छायाँकन नवराज उप्रेती, अमृत चापागाईंको सम्पादन र दीपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोको छायांकन कालिञ्चोक आसपासमा गरिएको हो।
अभ्यास डिजिटलमार्फत सार्वजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एन्ड फिल्म्सले गरेको हो।
युट्युवमा गीत सार्वजनिक भएसँगै शब्द संगीत, गायकी, निर्देशन र मोडल सबैले राम्रो प्रतिक्रिया पाएका छन् ।
हेरौँ भिडियो :