अचारवाली दिदिको बालुवा बोक्नेदेखी करोडौको कारोबार सम्मको संघर्ष र सफलताको कथा (भिडियो सहीत)

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७५, बुधबार

नेपालमा अवसर छैन भनेर विदेशिनेहरुको लागि अथवा नेपालमै केहि गर्थे तर लगानी छैन भन्नेहरुको लागि बसु माया तामाङ राम्रो उदाहरण हुन सक्छिन । जसले नेपाली मन उद्योग सञ्चालन गरेर ४०(५० भन्दा बढि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेकी छिन् । उनको उद्योगबाट टिमुरको छोप तथा विभिन्न थरिका अचारहरु उत्पादन हुँदै आईरहेका छन् । यी उत्पादनहरु अमेरिका, जापान, यू।के लगायतका देशहरुमा निर्यात हुँदै आईरहेको छ । उनको मासिक विक्री नै १२ ( १५ लाख देखि ३० ( ४० लाखसम्म हुँदै आईरहेको छ । तर उनको यो सफलता त्यतिकै आएको भने होईन । उनी जागिरको लागि कैयँौ कार्यलयहरु धाइन , खोलाबाट बालुवा बोकिन, उन काटिन, पानीपुरी बेचिन, ठेलामा म स् म बेचिन तर भनेजस्तो सफलता कतै हात लागेन । अन्त्यमा १ किलो टिमुरको छोपबाट सुरु भएको उनको यो व्यापारले आज उनलाई ठुलो सफलता दिलाईसकेको छ भने धेरै मान्छेहरुको लागि उनी उदाहरण पनि बनेकी छिन् । विस्तृत विवरण र उनको धारणा हामी तलको भिडियोमा हेर्न सक्छौँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु