• सिभिल सेभिङ एण्ड क्रेडिटद्वारा बसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायत कलाकार पीडित

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

    काठमाडौं । विशिष्ट चलचित्रकर्मी बशुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.को कारणबाट पिडित हुन पुगेकोमा नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट हुन पुगेको छ । उक्त सहकारीमा चलचित्रकर्मी लगायत सयौं नागरिकले करौडौ रकम बचत गरेका थिए । संस्थाका संचालकहरु बिशेष गरेर इच्छाराज तामाङ लगायत बिरुद्ध रकम असुल उपर गराइ पाउँ भनि पिडितहरु कानुनी उपचारमा जानु भएको छ । यस संम्बन्धमा नेपाल सरकारले चासो दिएर पिडितहरुलाई न्याय दिलाउन र दोषी माथी कार्वाही गर्न हामी जोडदार माग गर्दछौं, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अक्षय कोषको रकम पनि राखिएको थियो । वर्षेनी एक लाख पचास हजारको पुरस्कार बितरण गरिंदै आएकोमा हाल सहकारीबाट रकम नपाएकाले सो पुरस्कार वितरण कार्यलाई पनि असर परेको छ ।
    मुलुकका नागरिक एंव चलचित्रकर्मी माथि परेको आर्थिक पिडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपिल गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु