सामाजिक यथार्थवादी कथामा धाराबाहिक दोहोरी ‘जसे र जमुना’

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । दोहोरी गीतको ईतिहासमै पहिलो पटक धाराबाहिक कथालाई लिएर लाइभ दोहोरीको सुरुवात गरिने भएको छ । संगीतकार, गायक एवं संगीत संयोजन बी.बी. अनुरागीले सुरुवात गरेको यो धाराबाहिक दोहोरी ‘जसे र जमुना’ जूनकिरी दोहोरी घरबाट सार्वजनिक हुन लागेको हो । दोहोरीको इतिहासमा विल्कुल पृथक रुपमा धाराबाहिक कथानक लाईभ दोहोरीको शुरुवात गर्न लागेका हौं, संगीतकार बीबी अनुरागीले म्यूजिक खबरसँग भने ।

यो धाराबाहिक दोहोरी सामाजिक कथावस्तुमा प्रस्तुत गर्न लागिएको हो । पहिलो भाग साउन १५ गतेको शुक्रबारबाट प्रशारण हुँदैछ । यस सामाजिक कथावस्तुमा प्रस्तुत हुने धाराबाहिक दोहोरीको सुत्रधार भने शिक्षा रसाइली हुन् । कथा र परिकल्पना बीबी अनुरागीको रहेको छ । यस धाराबाहिक दोहोरी ‘जसे र जमुना’मा शिला आले, इन्द्र जिसी, विमलराज क्षेत्री, रेशम निर्दोष, रिया खड्का, रतिमाया खड्का, यान प्रसाद न्यौपाने, मोहन खड्का रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु