एकै पटक २७ एल्बम विमोचन गरेका बी.बी. थापा ‘वर्ल्ड बुक अफ रेकर्ड’ द्वारा सम्मानित !

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

काठमाडौं । वरिष्ठ गीतकार बीबी थापालाई ‘वर्ल्ड बुक अफ रेकर्ड’ ले सम्‍मान गरेको छ। मंगलबार काठमाडौँको राष्ट्रिय नाँचघर जमलमा एक कार्यक्रमका बीच उनलाई सम्‍मान गरिएको हो।

सम्‍मानपछि उनले आफूले जानेर नभइ काम गर्दै जाँदा यो सब कुराहरु भएको प्रतिक्रिया दिएका छन्। उनले वि.स. २०७६ जेठ १८ गतेका दिन एक साथ २७ एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

बीबीको सम्‍मान कार्यक्रममा सांगीतिक क्षेत्रको जिउँदो इतिहास भनेर चिनिने रत्‍नशम्सेर थापा, वरिष्ठ साहित्यकार पारु लम्साल लगायत सांगितक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

कार्यक्रममा एनएस के फ्युजन ब्याण्डले आफ्नो दमदार सांगितिक प्रस्तुति दिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु