ब्ल्याक ड्रेसमा ब्युटीफुल जानकी

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७६, बुधबार

काठमाडौं । यो वर्षको जाडो पनि शुरु भइसकेको छ । जाडो शुरु भएसँगै चट्ट पहिरनमा देखिने सेलिब्रेटीहरुलाई अलि असहज भएको पनि हुन सक्छ । तर सुहाउँदो र सहज हुने ड्रेस लगाएमा झन् सुन्दर पनि देखिन्छन् । पर्दा र स्टेजमा प्रायजसो चट्ट पहिरनमा देखिने गायिका तथा नायिका सामान्ज जिवनमा पनि आफूलाई सुन्दर देखाउने कोसिसमा रहन्छन्। सार्वजनिक कार्यक्रम होस् वा अन्यत्र, दर्शकले भेट्दा सेलिब्रिटीको पोसाकमा आँखा पू¥याउनु कुनै नौलो विषय होइन । यसै क्रममा राजधानीको ठमेल स्थित ब्लुबेल रेष्ट्रो एण्ड बार पुग्दा हामीले जानकी तारमी मगरलाई भेटेका थियौं । ब्ल्याक ड्रेसमा निकै खुलेकी जानकीका केही तस्बिर हामीले क्यामेरामा कैद गरेका थियौं । उक्त रेष्ट्रो उनका श्रीमान भगवान थापा र जानकी मिलेर सन्चालन गर्दै आएका छन् । हेरौं तस्बिरहरु :


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु