• एकै मञ्चमा सम्पन्न अविबाहित र विबाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

    काठमाडौं । राजधानीमा एक साथ एकै मञ्चमा सम्पन्न अविबाहित र विबाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा यसीमा मल्ल ठकुरी मिस व्युटिफुल नेपाल २०२२ र रोजिना अधिकारी मिसेस व्युटिफुल नेपाल २०२२ को उपाधि चुम्न सफल भएका छन्। यसिमा मस्ट आइकनिक आइज पनि भएकी छन् भने रोजिना अधिकारी मस्ट ट्यालेन्टेड र युट्युब मस्ट भ्युज भएकी छन्।
    सौन्दर्य प्रतियोगिताका साथमा विभिन्न इभेन्ट आयोजना गर्दै आएको दक्ष इन्टरनेसनल प्रालिद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अबिबाहित युवतीहरुबीचको सातौं संस्करणको मिस ब्युटीफुल नेपाल २०२२ मा अनिता खत्री ९निसो० फस्ट रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट पंचुअल, खुश्बु अग्रवाल सेकेण्ड रनर्सअपका साथमा युट्युब मस्ट भ्युज र वेस्ट स्कीन तथा अन्शु अर्याल थर्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन्ड भएका छन्।
    नाचघरको एकै मञ्चमा विभिन्न चरणमा सम्पन्न मिस ब्युटीफुल नेपाल २०२२ मा विनीता राना वेस्ट ¥याम्पवक र फेसन आइकन, शिल्पा बजिको वेस्ट स्माइल र मल्टी मिडिया च्वाईस, नम्रता अधिकारी मस्ट फोटोजेनिक, उर्मिला बस्नेत वेस्ट ट्यालेन्ट, उषा घिमिरे वेस्ट डान्सर, माया पाण्डे मस्ट एक्टिभ, अस्मिता बखरेल वेस्ट फिजिक, गीता प्रसाईं वेस्ट पर्सनालिटी र रञ्जना शाही वेस्ट हेयर उपउपाधि विजेता भएका छन्।
    त्यसै गरी छैठौं संस्करणको बिबाहित महिलाहरुबीचको मिसेस व्युटिफुल नेपाल २०२२ मा माया श्रेष्ठ ९मतिना० फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवक र बेस्ट डान्सर, इन्दु कुँवर सेकेण्ड रनर्सअप र मस्ट पपुलरका साथमा मस्ट पँचुअल र सुनीता शाह ठकुरी मेनेजमेन्ट च्वाईसका साथमा वेस्ट स्माइल भए। सुमित्रा बज्राचार्य मस्ट डिसिप्लेन्ड र कल्पना पासवना मस्ट फोटोजेनिक उपउपाधि विजेता भएका छन्।
    कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झालाई सम्मान गरिएको थियो।
    पूर्वमन्त्री राजकिशोर यादवको प्रमूख आतिथ्यता तथा अभिनेताहरु भुवन केसी र किरण केसी, नेपाल बायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माको विशेष आतिथ्यतामा सम्पन्न दुबै प्रतियोगितामा अभिनेता रमेश उप्रेती, नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री, संगीतकार तथा गायक अंकित श्रेष्ठ, शिक्षाविद् पूर्ण लामा, चर्म रोग विशेषज्ञ डा। अर्पण शाह, गायिका सोना अमात्य, नेपाल हेयरहोस्टेस एकेडेमीकी निर्देशक रेजिना तुलाधर निर्णायक रहेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु