सौन्दर्यकर्मी कन्चन श्रेष्ठको रिभाम्प ब्युटी पोईण्ट संचालनमा

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार २३:१२

काठमाडौँ । सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा रिभाम्प ब्युटी पोईण्ट संचालनमा आएको छ । नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईण्टको उद्घाटन बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितको प्रमुख आतिथ्यतामा भएको हो । उक्त अवसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षत्री, सरिता भारती लगायत ब्युटिसियन तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा सञ्चालित रिभाम्प ब्युटी पोईण्ट उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रिभाम्प ब्युटी पोईण्टमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी कन्चन श्रेष्ठले बताइन् ।

आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नो परिवार तथा आफ्नी गुरुआमा सोनी काररंजितलाई दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन् ।

रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै रिभाम्प ब्युटी पोईण्टले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन् भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26