• माया साँच्दै आइन् अभिनेत्री बेनिशा हमाल

    म्यूजिक खवर
    प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

    काठमाडौं । गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बरिष्ट हाँस्य अभिनेता सन्तोष पन्तले प्रिमीयर गरेका हुन् ।

    पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनिशा हमाल फिचर छिन् । अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रबि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् ।

    कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहीनेत गरेको बताए । बरिष्ट अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेशन निकै मन परेको बताए ।

    गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी ब्यक्त गरिन् । उनले आफू ब्याबसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् ।

    अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्य झै भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनीक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु