• एलिना चौहान जस्तै देखिने बेन्जु, भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्छन्

    म्यूजिक खबर
    प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

    इटहरी । सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन । गाउँकै एक निजी विद्यालयबाट एसइई दिएर भविष्य खोज्न सहर छिरेकी बेन्जु अहिले मोरङको विराटनगर बसेर पढाइ सँगै मोडलिङ गर्दै आएकी छिन । थारु समुदायले निर्माण गरेको सर्ट मुभी तथा म्युजिक भिडियोहरूमा दमदार प्रस्तुति दिएपछि सानो पर्दामा उनको माग चुलिँदो छ ।

    अझ रोचक कुरा त अनुहार र शरीर चर्चित गायिका एलिना चौहान सँग मिल्दो जुल्दाे भएपछि सुटिङको बेला धेरै जना झुक्किने र सेल्फी खिच्ने गरेको सुनाउँछिन् । उनी विगत एक वर्ष देखि विराटनगर बसेर ब्याचलर गर्दै मोडलिङमा जम्दै आएकी छिन । उनले अहिले सम्म एक दर्जन भन्दा बढी थारु म्युजिक भिडियोहरूमा मुख्य भूमिका निभाएकी छिन । उनले पछिल्लाे पल्ट अभिनय गरेकाे म्यूजिक भिडियाे “अब तिमी उसैको भयौ”

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु