• रेखा पौडेलले चुमिन् ‘सर्वोत्कृष्ट संगीतकार’को अवार्ड !

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०७५, शनिबार

    असोज १३, काठमाडौं । नेपाली चलचित्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले युएईको दुवईमा सम्पन्न भएको मोडल सङ्गस अवार्डमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल भएकी छिन । चलचित्र हमेशाको हमेशा बोलको गीत मार्फत उनले उक्त अवार्ड जित्न सफल भएकी हुन् । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुवईको एभरेस्ट क्लबमा अवार्ड भएको थियो ।

    ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

    एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एशोसिएसनका अध्यक्ष डा। दिनेश आचार्य विशेष अथिति र आकाश कोइराला, यदु भट्टराइ, राम तामाङ, युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतका अतिथिहरु रहेका थिए । मोडल सङ्गस अवार्ड समारोहमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु