• भण्डारी दम्पतीको मौलिक तीज कोशेली –‘बुट्टे सारी’

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०७९, बुधबार

    अब त गइगयो बर्खा नि
    बेला भो तीजैको दर खानी

    उपयुक्त पंक्तिहरु २०७९ सालको तीज नजिकिँदै गर्दा सार्वजनिक भएको तीज गीत ‘बुट्टे सारी’ को हो । तीजको मौलिकता झल्किएको उक्त गीतमा गायिका निर्मला भण्डारीले स्वर दिएकी छिन् ।
    बरिष्ठ चर्चित गायक एवं सर्जक भगवान भण्डारीको शब्द तथा संगीत रहेको गीतमा विवाह गरेर गएकी चेलीलाई तीजको अवसरमा माइतीको यादले सताएको कथावस्तुलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

    भगवान भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा विनोद बाजुरालीको सङ्गीत संयोजन छ ।

    गीतको म्युजिक भिडियोमा गीता ढुंगाना, निक्स शर्मा र श्रीयता केसीको अभिनय छ । प्रकाश भट्टको निर्देशन तथा नृत्य निर्देशन रहेको म्यूजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

    तीज गीतहरुको भीडमा बल्ल मौलिक तीज गीत आएको, सुन्न पाएको भन्ने भावका प्रतिक्रिया यस गीतलाई युट्युवमा आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु