• ‘झमझम झम्कना’ : युटुयुब ट्रेण्डिङको दोश्रो स्थानमा, टिकटकमा पनि भाइरल

    म्यूजिक खबर
    प्रकाशित: २७ असार २०७९, सोमबार

    काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिएसंगै बजारमा तीज गीत सार्वजनिक हुने क्रम बढीरहेको छ । सार्वजनिक भएका तिनै गीतहरुको भीडमा तीज गीत ‘झमझम झम्कना’ ले भने निक्कै चर्चासँगै उल्लेखनिय भ्यूज र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको हो ।

    चर्चित लोक दोहोरी गायक भगिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा तीज गीत ‘झमझम झम्कना’ सार्वजनिक भएको छ । गीतमा बमबहादुर गाहा मगरको र भगिरथ चलाउनको संगीत रहेको छ । बिनोद बाजुरालीको संगीत संयोजन र खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीत सार्वजनिक भएसँगै ट्रेण्डिङमा समेत पर्न सफल भएको छ ।

    गीत यो समाचार तयार पारिरहेको समयमा दोश्रो स्थानमा रहेको छ । गीतले जसरी ट्रेण्डिङमा यात्रा गरिरहेको छ त्यसको आधारमा चाँडै गीतले पहिलो स्थान ओगट्न सफल हुने आंकलन गर्न सकिन्छ ।


    गीतलाई युट्युबमा मात्र भ्यूज मिलेको होइन । पछिल्लो समय लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटकमा समेत गीतका सबै पार्टहरु उतिकै रुचाइएको छ ।

    गीतको भिडियोमा म्यूजिक भिडियो स्टार निता ढुंगानासँगै गायक भगिरथ चलाउने स्वयंले नृत्य तथा अभिनय गरेका छन् । राजेश घिमिरेको छायांकन गरेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु